धमाधम थ्रीजी सेवा बन्द गर्दै टेलिकम कम्पनी, प्रयोगकर्ताले सीम परिवर्तन गर्नसक्ने
onlinekhabar.com · Wed Jul 08 11:41:17 GMT 2026

२४ असार, काठमाडौं । टेलिकम कम्पनीले धमाधम आफ्नो थ्रीजी सेवा बन्द गर्न थालेका छन् । नेपाल टेलिकम र एनसेलले आफ्नो थ्रीजी सेवालाई चरणबद्ध रूपमा बन्द गर्दै फोरजीमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाएको हो ।
नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार थ्रीजी सेवा हटाउने काम भूगोलका हिसाबले ‘क्लस्टर’ बनाएर गरिँदैछ । यसको लागि वायरलेस सेवा निर्देशनालय अन्तरगत समिति नै बनाएर काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)