दिल्लीस्थित नेपाली दूतावासद्वारा अभिनेत्री विपना थापालाई सम्मान
shilapatra.com · Wed Jul 08 11:43:32 GMT 2026

नेपाली चलचित्र महिनाको अवसरमा भारतस्थित नेपाली दूतावासले चर्चित नेपाली अभिनेत्री विपना थापालाई सम्मान गरेको छ । दूतावासमा आयोजित विशेष सम्मान तथा अन्तरक्रियात्मक कार्यक्रममा कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले अभिनेत्री थापाको लामो चलचित्र यात्राको प्रशंसा गर्दै नेपाली चलचित्र क्षेत्रमा उनले पुर्याएको योगदानको चर्चा गरे ।
दूतावासले नेपाली चलचित्र उद्योगमा थापाको उल्लेखनीय उपलब्धि, समर्पण र निरन्तर योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ । कार्यक्रममा अभिनेत्री थापाले सम्मानप्रति आभार व्यक्त गर्दै आफ्नो चलचित्र यात्राका अनुभव, नेपाली फिल्म उद्योगमा बिताएका महत्त्वपूर्ण क्षण तथा दर्शकसँगको सम्बन्धबारे आफ्ना धारणा राखिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)