प्रधानमन्त्री उद्धार कोषमा व्यास नगरपालिकाको २१ लाख सहयोग
gorkhapatraonline.com · Wed Sep 09 01:11:21 GMT 2026

भदौ १० गतेको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनःस्थापनका लागि तनहुँको व्यास नगरपालिकाले २१ लाख ३९ हजार ५६५ रुपियाँ सहयोग गरेको छ ।
नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम सहयोग गरेको हो । नगरपालिकाको विपद् पुनःस्थापन कोषबाट पाँच लाख ५१ हजार रुपियाँ र जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिकबाट १५ लाख ८८ हजार ५६५ रुपियाँ उद्धार कोषमा जम्मा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)