टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको उद्धार
ratopati.com · Fri Aug 28 12:06:01 GMT 2026

काठमाडौँ । सेनाले बाढीबाट प्रभावित टिमुरे, स्याफ्रु र मैलुङबाट थप २५७ जनाको हेलिकाेप्टरमार्फत उद्धार गरेको छ । शुक्रबार ४० जना विदेशी सहित थप २५७ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
रसुवाको टिमुरे, स्याफ्रुबेँशी र मैलुङ सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । यसअघि सो क्षेत्रबाट ४४९ जनाको उद्धार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)