अझै खण्डहरमै कोशीका संरचना
nepalnews.com · Wed Sep 09 01:15:42 GMT 2026

विराटनगर। विराटनगर-७ देवकोटा चोकस्थित कोशी प्रदेशसभा भवनको त्यो दृश्य अहिले पनि धेरैको मानसपटलमा ताजा छ। २४ भदौ २०८२ बिहानैदेखि विराटनगरका सडकहरू अशान्त थिए। अघिल्लो दिन काठमाडौं र इटहरीसहितका क्षेत्रमा भएको झडपमा १९ जना नवयुवाले ज्यान गुमाएको आक्रोश सडकमा ज्वाला बनेर दन्किरहेको थियो। त्यही आक्रोशको निशाना बन्यो- कोशी प्रदेशको प्रदेशसभा भवन।
“हामी भित्रै थियौँ, बाहिर सडकमा नाराबाजी चलिरहेको थियो,” प्रदेशसभाका कर्मचारी वासु पौडेल त्यो त्रासदीपूर्ण दिन सम्झिन्छन्, “लागेको थियो संसद्भित्र सुरक्षित छौँ, तर भीडले गेट तोडेर भित्र छिरेपछि हामी पछाडिको बाटो ज्यान जोगाएर भाग्यौँ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)