गड्यौला मलले उर्वर बन्दै खेतको माटो
gorkhapatraonline.com · Wed Sep 09 01:22:54 GMT 2026

सानो ठाउँमा जम्मा गरिएका कुहिएका पातपतिङ्गर, गोबर र अन्य जैविक पदार्थभित्र गड्यौला चलिरहेका छन्। हेर्दा सामान्य लाग्ने ती गड्यौला किसान अनिता चौधरीका लागि भने खेतको माटो सुधार्ने माध्यम बनेका छन्। राजपुर गाउँपालिका–२ तब्दपुरकी चौधरी अहिले गड्यौला पाल्दै मल उत्पादन गर्दै आउनुभएको छ।
तीन वर्षअघि उहाँले सुरु गरेको गड्यौला मल उत्पादन अहिले आफ्नै खेतका लागि मात्र नभई आम्दानीको स्रोतसमेत बनेको छ। रासायनिक मलको प्रयोग गर्दै जाँदा माटोको अवस्था बिग्रँदै गएको महसुस भएपछि उहाँले यसको विकल्पका रूपमा गड्यौला मल उत्पादन सुरु गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)