यातायात क्षेत्र बदनाम हुने गरी गतिविधि नगर्न व्यवसायीलाई महासंघले गरायो सचेत
onlinekhabar.com · Wed Jul 08 11:52:45 GMT 2026

२४ असार, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस क्षेत्रको बदनाम हुने गरी नियम विपरितका गतिविधि नगर्न सचेत गराएको छ । महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौं उपत्यकासहित देशभरि सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्दा नियमको कडाइका साथ पालना गर्न सूचित गरिएको छ ।
यात्रुलाई गन्तब्यसम्म नपुर्याउने, बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्रु राख्ने, यात्रुमैत्री व्यवहार नगर्ने, बस पकेट भन्दा बाहिर जथाभावी यात्रु चढाउने र ओराल्ने, यात्रु तानातान गर्ने, सिट सरसफाइ नगर्ने जस्ता जनगुनासो आइरहेको महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)