तरकारी खेतीमा आत्मनिर्भर बन्दै बागलुङका महिला
gorkhapatraonline.com · Wed Sep 09 01:31:46 GMT 2026

बागलुङ नगरपालिकाले ग्रामीण वडामा सञ्चालन गरेको ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमले महिलालाई तरकारी खेतीमा अग्रसर बनाएको छ। कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाका १० वडामा महिलाले ११२ रोपनी जग्गामा प्लास्टिक टनेल तथा खुला जग्गामा तरकारी उत्पादन गर्न थालेका छन्। उनीहरूले गत आर्थिक वर्षमा ३० लाख रुपियाँको तरकारी उत्पादन गरी बजारीकरणसमेत गर्न सफल भएका छन्।
बागलुङ नगरपालिका, हेफर परियोजना नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको सहकार्यमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता कार्यक्रमअन्तर्गत महिला किसानले ११२ रोपनी क्षेत्रफलमा तरकारी खेती गरी ६५ हजार ६६ किलो तरकारी उत्पादन गरेका हुन्। उत्पादित तरकारी बिक्रीबाट ३० लाख पाँच हजार रुपियाँ आम्दानी भएको परियोजना व्यवस्थापक ममिता पुनले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)