महेश बस्नेतको आरोपपछि प्रहरीको आपत्ति
lokaantar.com

बाढी प्रभावितका लागि जुटाइएको राहत सामग्री सुरक्षाकर्मीले नै प्रयोग गरेको भन्ने नेकपा (एमाले) का सचिव महेश बस्नेतले दिएको अभिव्यक्तिको भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल देखिन्छ । उनको त्यही अभिव्यक्तिप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ ।
उक्त क्लिपमा बस्नेतले राहत सामग्री सेना र प्रहरीले प्रयोग गरेको तथा कतिपय सामग्री वितरण नगरी राख्दा कुहिएको दाबी गरेको सुनिन्छ । उनले विपद्का बेला सञ्चालन गरिएको राहत वितरण प्रणालीप्रति समेत प्रश्न उठाउँदै सुरक्षाकर्मीमाथि गम्भीर आरोप लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)