विदेशबाट फर्केका श्रमिकको डिजिटल प्रोफाइल बनाउदै स्थानीय सरकार
kendrabindu.com · Wed Jun 17 02:38:53 GMT 2026

काठमाडौं । स्थानीय सरकारले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको सीपसहितको डिजिटल प्रोफाइल बनाउनुपर्ने गरी नेपाल नगरपालिका संघले पुनः एकीकरण कार्यक्रमलाई व्यवस्थापन तथा सञ्चालनसम्बन्धी निर्देशिकाको मस्यौदा बनाएको छ। सरकारसँग वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको वास्तविक अभिलेख छैन।
विदेशबाट फर्केका श्रमिकको ज्ञान, सीप, प्रविधि, अनुभव र पुँजीलाई प्रयोग गर्न सबै स्थानीय सरकारको कार्यक्रमलाई एकरूपता ल्याउन संघले निर्देशिका बनाउन लागेको हो। निर्देशकाले स्थानीय वडाबाटै वैदेशिक रोजगारीबाट फर्केका हरेक श्रमिकको कामको प्रकृति, आर्जन गरेको ज्ञान, सीप, अनुभव आर्जनबाट प्राप्त गरेको रकम लगानी गर्न चाहेको क्षेत्रलाई समेटेर श्रमिकको डिजिटल प्रोफाइल बनाउन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)