कान्समा जितेर स्वदेश फिर्न लागेको ‘एलिफेन्ट्स इन द फग’ को टोलीलाई स्वागत गरिने
onlinekhabar.com · Sun May 24 07:17:25 GMT 2026

काठमाडौं । प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा इतिहास रचेर स्वदेश फिर्न लागेको फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई सरकारले स्वागत तथा सम्मान गर्ने भएको छ । प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले यसबारे जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘यो केवल एउटा अवार्ड जितेको क्षण होइन, नेपाली चलचित्र उद्योगको सम्मान, संघर्ष र सम्भावनाले विश्वबाट मान्यता पाएको क्षण हो, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको गौरव बढाएर फर्किने यो टोलीलाई सूचना तथा संचार मन्त्रालय र चलचित्र विकास बोर्डले सम्मान गर्नेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)