भारतबाट १५ जना नेपाली बालबालिकाको उद्दार
kendrabindu.com · Wed Sep 09 01:59:04 GMT 2026

काठमाडौं। भारतको महाराष्ट्र, दिल्ली र झारखण्डलगायत विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा राखिएका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीलाई उद्धार गरी परिवारमा पुनर्स्थापना गराउन मंगलबार राति नेपालगन्ज हुँदै नेपाल ल्याइएको छ ।
नेपाली दूतावासको समन्वय तथा भारतको दिल्लीस्थित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’ले उनीहरुको उद्धार गरेर परिवार तथा आफन्तको जिम्मा लगाउन नेपाल ल्याएको सो संस्थाका निर्देशक नविन जोशीले बताए । ‘भारतका विभिन्न स्थानबाट हामीले उद्धार गरेका १५ जना बालबालिकालाई म आफैले समन्वय गरेर नेपाल ल्याएका हौँ, नेपालगन्ज हुँदै आजै राति रुपन्देही पुग्ने र बुधबार परिवार तथा आफन्तलाई बुझाउने कार्यक्रम छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)