ऊर्जा मन्त्रालयद्वारा एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालन
clickmandu.com · Wed Jul 08 12:30:53 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति, बजेट परिचालन तथा समस्या व्यवस्थापनलाई वास्तविक समय (रियल टाइम) मा अनुगमन गर्न उक्त पोर्टल सञ्चालनमा ल्याइएको मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पहिलो चरणमा सिक्टा, रानी जमरा–कुलरिया, भेरी–बबई, सुनकोशी–मरिन, महाकाली र बबई सिँचाइ आयोजना पोर्टलमा समावेश गरिएका छन् । आगामी चरणमा अन्य सिँचाइ आयोजनालाई पनि क्रमशः सोही प्रणालीमा आबद्ध गरिने मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)