टर्यो किम्रुङ खोलाको चिन्ता, बग्न थाल्यो पुरानै लयमा
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव पुरानै लयमा बग्न थालेको छ । खोलाको बहाव एक्कासी घटेपछि पहिरो खसेर थुनिएको हुनसक्ने आशङ्कामा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको थियो ।
स्थानीय प्रशासनले किम्रुङ र मोदी खोला किनारका बासिन्दालाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन सार्वजनिक रूपमा आग्रह गरेको थियो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार मोदी खोला किनारका डिमुवा, अमबोटलगायत बस्तीमा माइकिङ गरी स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)