फिल्ममा डेब्यु गर्दै ‘मेरो डान्स युनिभर्स’ विजेता रिस्ता गुरुङ
ratopati.com · Sun May 24 07:25:27 GMT 2026

काठमाडौँ । ‘मेरो डान्स युनिभर्स सिजन–२’ की विजेता रिस्ता गुरुङ फिल्म डेब्यु गर्ने भएकी छन् । उनले फिल्म ‘आ–बाट आमा २’ बाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । निर्माण युनिटले फिल्म अभिनय विषयमा रिस्तासँग आइतबार कागजी सम्झौता गरेको छ ।
केही अगाडि प्रदर्शनमा आएको फिल्म ‘आ–बाट आमा’ को सिक्वेलको रूपमा बन्ने लागेको यो फिल्म चन्द्र पन्तले निर्देशन गर्दैछन् । फिल्ममा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)