भोटेकोशी बाढी : नवलपुरमा भेटिएका शवको सङ्ख्या १५४ पुग्यो
annapurnapost.com · Fri Aug 28 12:12:28 GMT 2026

नवलपुर : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर नवलपुरको नदी तटीय क्षेत्रमा ल्याएका शव तथा मानव अङ्गहरूको सङ्ख्या १५४ पुगेको छ। भेटिएका शवहरूमध्ये २ जनाको मात्रै पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले बताए। पहिचान भएका दुवै शव पुरुषका रहेका छन्। आफन्तले गरेको पहिचानका आधारमा ती शवहरू हेटौँडा–१५ का सुमन गोले र गोरखाका कमल देवकोटाको रहेको उनले बताए।
आवश्यक प्रक्रिया पुर्याएर शवलाई आफन्तको जिम्मा लगाउने तयारी गरिएको पण्डितको भनाइ छ। प्रहरीका अनुसार फेला परेका १५४ वटा शव तथा अंगहरूमध्ये ३४ जना महिला, ५२ जना पुरुष, ८ जना बालक, ११ जना बालिका र ४९ वटा अन्य (टुक्रा परेका मानव अंग) रहेका छन्। फेला परेका ४९ वटा टुक्रा शवका अंगहरूमध्ये सबैभन्दा बढी ३० वटा खुट्टा र ११ वटा हात रहेका छन्। यसैगरी छातीको भाग, शरीरको बायाँ भाग, पेट, टाउको र कम्मरमाथिको भाग १–१ वटा तथा ३ वटा तिघ्रा फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)