हिमालयन बुलियनबाट विपद्मा परेकालाई थपसहित एक करोड एक लाख सहयोग
baahrakhari.com · Fri Aug 28 12:10:26 GMT 2026

काठमाडौं । हिमालयन बुलियन कम्पनीले प्राकृतिक विपत्तिमा नागरिकहरूको खोज, उद्धार, तत्काल राहत समेतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा फेरि रकम थपेर एक करोड एक लाख रुपैयाँ प्रदान गरेको छ ।
कम्पनीले भदौ ११ गते २१ लाख रुपैयाँ आर्थिक सहयोग जम्मा गरेको थियो । शुक्रबार फेरि उक्त सहयोग रकममा ८० लाख रुपैयाँ थप गरी जम्मा एक करोड एक लाख रुपैयाँ कमपनीको तर्फबाट आर्थिक सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)