यो सरकारले सुकुम्वासीको आँखामा आँसु दिएर १०० दिन मनायो : सांसद थपलिया
nepalviews.com · Wed Jul 08 12:46:40 GMT 2026

काठमाडौं । कांग्रेस सांंसद सीता थपलिया (उर्मिला) ले बालेन सरकारले १०० दिन सुकुम्वासीको आँखामा आँसु उपहार दिएर मनाएको टिप्पणी गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले डोजर लगाएर सुकुम्वासीलाई बिचल्लीमा पारेको विषय उठाएकी हुन् ।
सरकारले गत वैशाख देस्रो साता काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्वासी बस्तीमा डोजर चलाएर उनीहरूलाई विस्थापित बनाएको थियो । र केहीलाई विभिन्न होल्डिङ सेन्टरमा कोचेर राखेको थियो । अहिले ती सुकुम्वासीहरूलाई होल्डिङ सेन्टरबाट पनि निकालिएको छ । र खाना दिन पनि बन्द गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)