करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु
nepalnews.com · Wed Jul 08 12:57:51 GMT 2026

उदयपुर। उदयपुरको बेलका नगरपालिका ९‚ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।
विद्युत्को पोल मर्मतका क्रममा प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चाम्लिङको करेन्ट लागेर आज (बुधबार) मृत्यु भएको हो । उनी करार सेवाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)