रसुवा–भोटेकोशी बाढी पीडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख
bishowkhabar.com · Wed Sep 09 02:35:55 GMT 2026

काठमाडौं– भदौ १० गते गएको रसुवा–भोटेकोशी बाढीबाट पीडितलाई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको छ ।
भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ जिल्लामा ठूलो मात्रामा धनजनको क्षती भएको र आसपासका अन्य जिल्लामा समेत क्षती पुर्याएको घटनामा बाढी प्रभावित नागरिकको उद्दार, राहत र पुर्नस्थापनामा सहयोग गर्न फरवार्ड माइक्रोफाइनान्सले नगद ३० लाख ६ सय ६५ रुपैया रकम प्रदान गरेको संस्थाका कम्पनी सचिब विनोद कुमार चौधरीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)