भदौ २४ इतिहासको कालो दिन, राष्ट्रमाथिको अपराधमा उन्मुक्ति स्वीकार्य छैन : महेश बस्नेत
nepalviews.com · Wed Sep 09 02:40:57 GMT 2026

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते राष्ट्रमाथि आक्रमण भएको टिप्पणी गर्दै उक्त दिनलाई इतिहासको ‘कालो दिन’का रूपमा स्मरण गरेका छन्।
राष्ट्रमाथि भएका अपराधमा कसैलाई पनि उन्मुक्ति दिन नसकिने उनको भनाइ छ। सामाजिक सञ्जालमा आगजनीबाट ध्वस्त भएको आफ्नो घरको भिडियो सार्वजनिक गर्दै बस्नेतले गत वर्ष आजकै दिन सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतलगायतका राज्यका महत्वपूर्ण संरचनाहरू जलाइएको उल्लेख गरेका छन्। साथै, सरकारी कार्यालय, निजी उद्योग-व्यवसाय र आफ्नोसहित ४ सयभन्दा बढी नागरिकका घर-सम्पत्ति खरानी बनाइएको एक वर्ष बितिसक्दा पनि पीडितले न्याय र क्षतिपूर्ति नपाएको उनले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)