ग्यासको अभावले सास्ती दिएपछि कुलमानले पोखे आक्रोस, भने- एकातर्फ ग्याँस छैन, अर्कोतर्फ विद्युत् महँगो बनाइएको छ
reportersnepal.com · Wed Sep 09 02:40:36 GMT 2026

काठमाडौं, भदौ २४ । पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा रहेका बेला अत्यावश्यक एलपी ग्यासको चरम अभाव हुनु र व्यवसायीले मनपरी मूल्य बढाउनु आपत्तिजनक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो संकटका बेला उपभोक्ताको पीडाप्रति राज्य संयन्त्र संवेदनशील नभएको आरोप लगाएका छन्।
विद्यमान एलपी ग्यास विनियमावली, २०६५ अनुसार आयल निगमलाई मात्र मूल्य समायोजनको अधिकार भए पनि ढुवानी खर्च बढेको बहानामा व्यवसायीहरूले आफूखुसी मूल्य बढाएको घिसिङको भनाइ छ। प्राकृतिक विपत्तिका बेला भएको यस्तो मनपरी र आपूर्ति अवरोधप्रति सरकार मौन बस्नु झनै गैरजिम्मेवारपूर्ण रहेको उनले उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)