एमालेले भन्यो- भदौ २४ को तोडफोड आवेग होइन, सुनियोजित षड्यन्त्र हो
nepalviews.com · Wed Sep 09 02:52:36 GMT 2026

काठमाडौं । नेकपा (एमाले) ले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंस अघिल्लो दिनको प्रदर्शनमा उत्पन्न आवेग नभई मुलुकलाई अराजकतामा धकेल्ने सुनियोजित योजनाको परिणाम भएको दाबी गरेको छ। भदौ २४ को घटनाको एक वर्ष पूरा भएको अवसरमा अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी वक्तव्यमा एमालेले यस्तो निष्कर्ष निकालेको हो।
एमालेका अनुसार भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा आपराधिक समूहले घुसपैठ गरी हिंसात्मक रूप दिएका थिए। आयोजकले कार्यक्रम स्थगित गर्दागर्दै पनि षड्यन्त्रकारी समूहले युवाहरूलाई मानव ढाल बनाएर संसद् भवनमा आक्रमण गर्न दुरुत्साहन गरेको र भीड नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट १९ जना युवाको ज्यान गएको वक्तव्यमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)