कुल ब्वायले गरे बाढी प्रभाविदलाई पाँच लाख सहयोग
nagariknews.nagariknetwork.com · Fri Aug 28 11:17:09 GMT 2026

कन्टेन्ट क्रियटर तथा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बेहुली’ का अभिनेता पारस बम ठकुरी (कुल ब्वाइ) ले बाढी प्रभावित व्यक्तिहरुको लागि पाँच लाख रूपैयाँ सहयोग गरेका छन्।
गत बुधबार रसुवा तथा नुवाकोट लगायतका स्थानमा आएको आकस्मिक बाढीले देशलाई नै स्तम्भ बनाएको छ। यस अवस्थामा सके सम्म देशका जनताहरुले आफू सक्दो आर्थिक तथा लुगा कपडाको सहयोग गरिरहेका छन्। यसै क्रममा उनले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। सहयोगपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पीडाको यो समयमा सबै एकसाथ उभिन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)