कर्णाली करिडोर फेरि अनिश्चितकालीन बन्द
annapurnapost.com · Sun May 24 08:08:22 GMT 2026

हुम्ला : हुम्ला–बाजुरा सीमा बिवादकै कारण कर्णाली करिडोर अनिश्चितकालीन बन्द गरिएको छ । जेठ ५ गते भएको झडपको विषयलाई लिएर बाजुरा जिल्लाका युवाहरुले कर्णाली करिडोर अन्त्रगतको पिलुचौर कवाडी सडक खण्ड पुनः बन्द गरेका छन् ।
सुदुरपश्चिम सरकारले लाम्पाटा च्याचौरमा निर्माण गर्न लागेको प्रहरी चौकीको विषयलाई लिएर भएको झडपमा परी घाइते भएकाहरुको उपचार गराउनु पर्ने, उक्त घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने लगायतका माग राख्दै हिमाली युवा समूहले जेठ ७ र ८ गते कर्णाली करिडोरको पिलुचौरदेखि कुवाडी खोलासम्म सडकमा टायर बाली नाराबाजीसहित सडक पूर्णरुपमा बन्द गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)