नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान अघि बढाउन सरकारलाई नारायणकाजीको आग्रह
shilapatra.com · Wed Jul 08 13:33:15 GMT 2026

भुटानी शरणार्थी प्रकरणमा अदालतले मुख्य आरोपितहरूलाई दोषी ठहर गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले घटनासँग जोडिएका अन्य शंकास्पद व्यक्तिमाथि थप अनुसन्धान अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।
श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेखेर आफू गृहमन्त्री रहेका बेला तत्कालीन सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत उक्त प्रकरणको अनुसन्धान गराई मुद्दा दायर गरिएको स्मरण गराएका छन् । अदालतले त्यतिबेला आरोपित मुख्य दोषीहरूलाई दोषी ठहर गरेको फैसला राष्ट्रको छवि नै धमिल्याउने घटनाको टुंगो लगाउने दिशामा महत्त्वपूर्ण भएको भन्दै उनले त्यसप्रति सन्तोष व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)