जेन्जी विद्रोहपछिको पुरानै शैलीको पुनरावृत्ति भएको नेकपा बहुमत ठहर
kendrabindu.com · Wed Sep 09 03:02:00 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि नयाँ प्रकारको जनवादी आन्दोलन सिर्जना गर्न आह्वान गरेका छन्।
वक्तव्यमार्फत पार्टीले गत वर्ष भाद्र २३ गते नेपाली युवाहरूले गरेको भीषण वर्गसंघर्ष र त्यसक्रममा २३ जना तथा पारि भाद्र २४ गतेसम्म कुल ७४ जना युवाले ज्यान गुमाएको घटनाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ। दुई दिनको जनविद्रोहले पुरानो सरकारलाई अपदस्त गरी नयाँ सरकार बने पनि विश्वमै दुर्लभ भनिएको यस घटनाको राजनीतिक परिणाम जनअपेक्षित हुन नसकेको र पुरानै शैलीको पुनरावृत्ति भएको पार्टीको ठहर छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)