यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम
baahrakhari.com · Wed Sep 09 03:14:36 GMT 2026

काठमाडौं । देशका केही जिल्लामा बुधबार (भदौ २४) पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । वर्षासँगै कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्बत, म्याग्दी, बाग्लुंङ, रुकुम पूर्व, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने ससाना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)