भदौ २४ का अपराधीलाई कारबाही भएन : महेश बस्नेत
himalpress.com · Wed Sep 09 03:19:50 GMT 2026

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताएका छन्। घटनाको एक वर्ष पूरा भएको अवसरमा आफना् घरमा लुटपाट र आगजनी भइरहेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै बस्नेतले पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा दोषीमाथि कारबाही नभएको बताएका हुन्।
गत वर्ष भदौ २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचनामा आगजनी भएको उल्लेख गर्दै बस्नेतले सरकारी कार्यालय, निजी उद्योग–व्यवसाय तथा ४ सयभन्दा बढी नागरिकका घरसम्पत्तिमा क्षति पुर्याइएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)