कुशको शव बनाई दाहसंस्कार
gorkhapatraonline.com · Wed Sep 09 03:20:01 GMT 2026

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिको कुशको शव बनाई दाहसंस्कार गरिएको छ । सम्पर्कविहीन भएका छोरा दुई हप्तासम्म सम्पर्कमा नआएपछि फर्किने आशा नरहेको भन्दै परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेको हो ।
रोजगारीको सिलसिलामा रसुवामा बसेका शिवालय गाउँपालिका–२, लयाकाँडाका ३० वर्षीय महेन्द्रविक्रम शाही, भेरी नगरपालिका–३ का रत्न रोकाया सम्पर्कमा नआएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । छोरा बेपत्ता भएपछि सरकार, आफन्तले खोजी कार्य गरे पनि सास र लास नभेटाउँदा १३ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)