सिरहामा १५७ किलो गाँजा बरामद
kendrabindu.com · Wed Sep 09 03:28:41 GMT 2026

सिरहा । सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका-४, इट्टाटारस्थित सीमा इलाकाबाट १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १:३५ बजे नेपालबाट अवैध रूपमा टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा गस्ती टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू गाँजा छाडेर फरार भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)