सिराहामा सशस्त्र प्रहरीद्वारा डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद
ratopati.com · Wed Sep 09 03:31:40 GMT 2026

सिरहा । सशस्त्र प्रहरी बल सिराहाले डेढ क्विन्टलभन्दाबढी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ। जिल्लाको औरही गाउँ पालिका ४ इटाटारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट एक क्विन्टल ५७ किलो २०७ ग्राम गाँजा सशस्त्र प्रहरीबल नेपाल नम्बर ७ गण हेड क्वाटर सिराहाको गस्ती टोलीले गएरात ि १ः ३५ बजे बरामद गरेको हो।
टाउकोमा बोकेर नेपालबाट भारत तर्फ अवैधरुपमा लैजाँदै गरेको अवस्थामा टोलीलाई देखेर व्यक्तिहरू फरार भएको र उक्त प्रतिबन्धित लागु औषध गाँजा बरामद गरिएको नम्बर ७ गण प्रमुख एसपी सुमनजंग थापाले जानकारी दिए। उनले प्लास्टिकमा प्याक गरी कपडाले बाँधेको ८ वटा गाँजाको पोका बरामद भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)