किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ,जोखिम छैन : वडाध्यक्ष गुरुङ
nepalviews.com · Wed Sep 09 03:33:00 GMT 2026

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ । मंगलबार साँझ खोला थुनिदा पानीको बहाब रोकिएका आशंकामा गएराति उच्च सतर्कता अपनाइको थियो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको बहाव अहिले पूर्ववत् अवस्थामा बगिरहेको र जोखिम नरहेको जानकारी दिए।
“हिजो साँझदेखि खोलामा पानी घटेपछि कतै पहिराका कारणले हो कि भनेर सबैतिर चिन्ता र चासो भयो । हामीले पनि सबै ठाउँमा सतर्कताका लागि अपिल पनि गरेका थियौँ, कतै पहिरो गएको कारणले हो कि भनेर माथि बुझ्न भनेका छौँ, तर अहिले खोलामा पानी पहिलाकै अवस्थामा बगेकाले जोखिम देखिदैन । सबै जना ढुक्क भए हुन्छ”, अध्यक्ष गुरुङले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)