जेन—जी आन्दोलन राष्ट्रघाती तत्त्वले ‘हाइज्याक’ गरे : प्रचण्ड
annapurnapost.com · Wed Sep 09 03:31:04 GMT 2026

सिन्धुपाल्चोक : पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले गत २०८२ भदौ २३ र २४ गते भएको नवयुवाहरूको ‘जेन—जी आन्दोलन’मा राष्ट्रघाती तत्त्वहरूले घुसपैठ गरी आन्दोलन ‘हाइज्याक’ गरेको आरोप लगाएका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८, मानेस्वारामा आयोजित एक श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै संयोजक दाहालले युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई गलत तत्त्वहरूले उपयोग गर्दा होनहार युवाहरूले ज्यान गुमाउनु परेको बताएका हुन्। ‘युवाहरूको सहभागितामा गत वर्षको २३ गते प्रशासनको स्वीकृति लिएर शान्तिपूर्ण आन्दोलन चलिरहेको थियो। तर, त्यो आन्दोलनमा राष्ट्रघाती तत्वहरूले घुसपैठ गरी ‘हाइज्याक’ गरे र विफल तुल्याए,’ दाहालले भने, ‘जसका कारण होनहार युवाहरूले अकालमा ज्यान गुमाउनुप¥यो।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)