४० वर्षीय गोलरक्षक भोजिन्हाको विश्वकपमा बहादुरी
kendrabindu.com · Wed Jun 17 04:30:56 GMT 2026
एटलान्टा । आखिरमा स्पेनले केप भार्डेका गोलरक्षक भोजिन्हाविरुद्ध गोल गर्नै सकेन । यी ४० वर्षीय गोलरक्षककै बहादुरीमा विश्वकपमा डेब्यु गरिरहेको केप भार्डेले स्पेन जत्तिको बलियो टिमलाई गोलरहित बराबरीमा रोकेको हो । भोजिन्हाले खेलपछि आफूलाई रोक्नै सकेनन् । भावुक भए, आँसु बगाए । विश्वकप २०२६ मा प्रवेश गर्दा ‘ला रोजा’ उपाधिकै लागि सबैभन्दा बलियो प्रत्याशी थियो ।
प्रशिक्षक लुइस डे लाले दाबी गरेका थिए, उनको टिम यस विश्वकपकै सबैभन्दा उत्कृष्ट हो । हुन पनि स्पेनी टिममा बालोन डी’अर विजेता रोड्री र पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि लागि भर्खर युरोपेली च्याम्पियन्स लिग जितेका फाबिन रुइज जस्ता खेलाडी थिए । टोलीमा युरो २०२४ को उपाधि जित्दाका खेलाडी पनि उत्तिकै थियो । तर उनीहरू कसैले पनि केप भार्डेले तेर्स्याएको रक्षाकवच तोड्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)