सरकारको 'नागरिक एप' मा एकीकृत प्रविधि, पेन्सनरको डिजिटल प्रमाणीकरण अब घरबाटै
barnanmedia.com · Wed Jul 08 14:12:17 GMT 2026

प्रिक्सा कम्पनीअन्तर्गतको 'थर्ड फ्याक्टर एआई' द्वारा विकसित अत्याधुनिक परिचय प्रमाणीकरण प्रविधि अब नेपाल सरकारको 'नागरिक एप' मा एकीकृत भएको छ। यसअघि निवृत्तिभरण (पेन्सन) व्यवस्थापन कार्यालयमा मात्र प्रयोगमा रहेको यो प्रणाली नागरिक एपमार्फत जोडिएसँगै लाखौँ नागरिकले प्रयोग गर्ने सरकारी सेवा थप सहज, सुरक्षित र प्रविधिमैत्री बनेको छ।
यो प्रविधि मूलतः पेन्सन व्यवस्थापन कार्यालयको 'डिजिटल पेन्सन प्रमाणीकरण' प्रक्रियाका लागि निर्माण गरिएको थियो। विगतमा पेन्सन बुझ्ने नागरिकहरूले प्रत्येक छ महिनामा आफू जीवित रहेको पुष्टि गर्न अनिवार्य रूपमा बैंकमा स्वयं उपस्थित हुनुपर्ने झन्झटिलो व्यवस्था थियो। तर, यो प्रविधिको सफल प्रयोगसँगै हाल तीन लाखभन्दा बढी पेन्सनरले बैंकका शाखा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। उनीहरूले अब घरबाटै सुरक्षित रूपमा आफ्नो परिचय प्रमाणीकरण गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)