भरतपुर महानगरद्वारा एक करोड एक लाख सहयोग
nagariknews.nagariknetwork.com · Fri Aug 28 12:09:18 GMT 2026

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भरतपुर महानगरपालिकाले रु एक करोड एक लाख सहयोग गर्ने भएको छ। महानगरको आज बसेको बैठकले बाढी प्रभावितका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको महानगरका उपसचिव शेषकान्त पौडेलले बताए।
उनका अनुसार सङ्घीय सरकारको निर्णयअनुसार महानगरपालिकामा कार्यरत सरकारी कर्मचारीको तलब कटौतीबाट रु ५३ लाख ६८ हजार राहत कोषमा जम्मा हुनेछ। त्यसका अतिरिक्त महानगरका जनप्रतिनिधिले १० दिनबराबरको सेवासुविधा गरी रु एक करोड एक लाख रकम राहतमा उपलब्ध गराउने निर्णय पनि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)