रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन-५ को फाइनलमा
gorkhapatraonline.com · Fri Aug 28 12:22:22 GMT 2026
नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन-५ को फाइनल पुग्न सफल भएका छन् । आज भएको सेमिफाइनल खेलमा न्युजिल्याण्डका कासिब मोर्डोचलाई हराउँदै उनी फाइनल पुग्न सफल भएका हुन् ।
उनी अन्तिम चरणमा सानदार कमब्याक गर्दै फाइनल पुग्न सफल भएका हुन् । तीन राउण्डको खेलमा रेफ्रीको डिसिजनको आधारमा रवीन्द्र विजयी भए । उनले अब फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने छन् । रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)