‘मिस सिनियर आइडल’ मा आरियाको जीत, ‘मिस जुनियर आइडल’ मा आकांक्षाको बाजी
kalakarmi.com · Sun May 24 09:09:10 GMT 2026

काठमाडौं- स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस्टर एण्ड मिस सिनियर एण्ड जुनियर आइडल सिजन- ३’ को ग्राण्ड फिनाले शनिवार सम्पन्न भएको छ । काठमाडौंको तीनकुनेस्थित रोयल म्याजेस्टिक इभेन्ट्समा आयोजित कार्यक्रममा विभिन्न विधाका विजेताको घोषणा गरिएको हो ।
प्रतियोगितामा ‘मिस सिनियर आइडल’ को आरिया खत्रीले जितिन् । महिमा दाहाल प्रथम रनरअप तथा उमी थापा द्वितीय रनरअप बने । पब्लिक च्वाइस अवार्डसमेत आरिया खत्रीले नै जितिन् । त्यसैगरी, ‘मिस लिटिल जुनियर’तर्फ आरुन्या राई विजेता बनिन् भने दिप्सना खतिवडाले पब्लिक च्वाइस अवार्ड हात पारिन् । ‘मिस जुनियर’ तर्फ आकांक्षा लामा विजेता घोषित हुँदा निलाश्री प्रसाई प्रथम रनरअप र सान्भी पराजुली द्वितीय रनरअप बने । समृद्धि राउत पब्लिक च्वाइस अवार्डबाट सम्मानित भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)