मानसरोवर गएकाहरूलाई निषेधित क्षेत्रको शुल्क मिनाहा, हिल्साबाट फर्किन अनुरोध
baahrakhari.com · Fri Aug 28 12:20:45 GMT 2026

काठमाडौं । अध्यागमन विभागले रसुवाबाट तिब्बतको कैलाश मानसरोवर गएका यात्रुहरूलाई हुम्लास्थित हिल्सा नाकाबाट फर्कन अनुरोध गरेको छ ।
विभागले शुक्रबार सूचना जारी गर्दै बाढीले रसुवाको बाटो बिगारेका कारण कैलाश मानसरोवरबाट फर्कँदा हिल्सा नाका प्रयोग गर्न अनुरोध गरेको हो ।“भाद्र ११ गतेदेखि लागू हुने गरी एक हप्ताको लागि हुम्लास्थित हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा रसुवास्थित अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिएका कैलाश मानसरोवर तीर्थयात्राबाट फर्किने विदेशी नागरिकहरूको लागि उक्त निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिनाहा गरिएको र उल्लेखित क्षेत्रमा पदयात्रा अनुमतिको लागि विदेशी नागरिक र ट्रेकिङ गाइडको बिमा तथा ट्रेकिङ गाइड सम्बन्धी व्यवस्थालाई अनिवार्य नगरिएको सूचना सरोकारवाला सबैमा जानकारी गराउँछौँ,” विभागले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)