सञ्चालनमा आयो नारायणी अस्पतालको क्याथ ल्याब
onlinekhabar.com · Wed Sep 09 03:56:16 GMT 2026

२४ भदौ, काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ।
२०७६ चैतमा खरिद गरिएको क्याथ ल्याब उपकरण लामो समयसम्म जडान हुन नसक्दा सेवा सञ्चालनमा आउन सकेको थिएन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएपछि गत असारदेखि जडान प्रक्रिया अघि बढाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)