नुवाकोट र रसुवामा विद्युत् सेवा पुनःस्थापना तीव्र, वैकल्पिक माध्यमबाट पनि प्रकाश दिइँदै
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा जडान तथा पुनःस्थापनाको कामले तीव्रता पाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार गत भदौ १० गतेको विनाशकारी बाढीले पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि भोलिपल्टैदेखि उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी विद्युतीकरणको कामलाई युद्धस्तरमा अघाइएको हो।
विनाशकारी बाढीले क्षति पुर्याएपछि वैकल्पिक उपायहरू अपनाएर विद्युत् सेवा पुनः सञ्चालन गर्न थालिएको छ। यसैक्रममा मङ्गलबार मात्रै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा सफलतापूर्वक पुनः सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)