पहिरोले थुनिएको किम्रुङ खोलाको बहाव सामान्य
barnanmedia.com · Wed Sep 09 03:55:33 GMT 2026

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरो खसेपछि रोकिएको किम्रुङ खोलाको पानीको बहाव पुनः सामान्य अवस्थामा फर्किएको छ।
गएराति करिब ८ बजेतिर पहिरो खसेपछि खोला थुनिएको थियो। अचानक खोलाको बहाव रोकिएपछि किम्रुङ तथा मोदीखोला आसपासका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो। किम्रुङ खोला मोदी खोलामा मिसिने भएकाले तल्लो तटीय क्षेत्रमा समेत जोखिमको आकलन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)