‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
ratopati.com · Wed Jul 08 14:45:00 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । विगतका वर्षहरूमा निकै लामो र कर्जा नीतिसमेत समेटेर आउने मौद्रिक नीति यसपटक जम्मा चार पृष्ठमा समेटिएको छ । राष्ट्र बैंकले मौद्रिक उपकरण र विवेकशील नियमनलाई छुट्टाछुट्टै दस्ताबेजका रूपमा ल्याउने परिपाटीको सुरुवात गरेको छ ।
७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्ने र मुद्रास्फीतिलाई ५.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्यसहित आएको यो नीतिले बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ? बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि कर्जा प्रवाह किन बढ्न सकेको छैन ? चेक बाउन्स, कालोसूची, असीमित दायित्व र पियर-टु-पियर लेन्डिङजस्ता नयाँ व्यवस्थाको व्यावहारिक अर्थ के हो ? यिनै समसामयिक विषयमा केन्द्रित रहेर बैंकिङ विज्ञ एवं पूर्व बैंकर अनलराज भट्टराई सँग रातोपाटीको ‘द इकोनोमिक एडिट’ का लागि शंकर अर्याल ले गरेको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)