कालो आँधी : मृत्युको छायामा उभिएको मानवीय प्रतिरोध
nagariknews.nagariknetwork.com · Wed Jun 17 04:46:35 GMT 2026
नेपाली साहित्यमा पीडा, संघर्ष र मानवीय अस्तित्वका अनेक आख्यानहरू लेखिएका छन्, तर जीवन र मृत्युको दोसाँधमा उभिएर लेखिएको साहित्यले पाठकको चेतनामा विशेष प्रकारको कम्पन उत्पन्न गर्छ। डा. दामोदर पुडासैनी ‘किशोर’ को “कालो आँधी” त्यस्तै गहिरो संवेदनात्मक, वैचारिक र यथार्थपरक कृति हो, जसले रोग, मृत्यु, विज्ञान, समाज र मानवीय प्रतिरोधलाई एउटै वैचारिक धरातलमा उभ्याएको छ। यो कृति केवल क्यान्सर रोगसँग जुधिरहेको व्यक्तिको आत्मस्वीकृति मात्र होइन; यो जीवनको भयावह अँध्यारोबीच पनि मानिस किन हार मान्दैन भन्ने प्रश्नको गम्भीर उत्तर हो।
“कालो आँधी” मा लेखकले आफ्नो व्यक्तिगत पीडालाई समाज, इतिहास र मानव सभ्यताको संघर्षसँग गाँसेका छन्। कृतिको प्रारम्भदेखि नै “आँधी” केवल प्राकृतिक बिम्बको रूपमा उपस्थित हुँदैन; यो जीवनका संकट, वर्गीय विभाजन, सामाजिक बहिष्कार, मानसिक तनाव, रोग, मृत्यु र परिवर्तनको प्रतीकका रूपमा विकसित हुँदै जान्छ। लेखकले आँधीलाई विनाशको अन्तिम रूप मानेका छैनन्, बरु संघर्ष र पुनर्निर्माणको प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। यही कारणले कृति भावुक संस्मरणभन्दा माथि उठेर वैचारिक दस्तावेजमा रूपान्तरित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)