पत्रकार बद्रीप्रसाद काफ्लेको निधन
gorkhapatraonline.com · Wed Sep 09 04:23:09 GMT 2026

नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ। त्रियुगा नगरपालिका–११, गाईघाटस्थित समता टोलमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो।
काफ्लेको निधनप्रति नेपाल पत्रकार महासंघ उदयपुरले दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ। उहाँ २०४९ सालमा नेपाल पत्रकार महासंघ उदयपुर शाखा गठन हुँदा संस्थापक सचिवको जिम्मेवारीमा रहनुभएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)