जेन–जी दिवसमा किन गएनन् प्रधानमन्त्री बालेन्द्र ?
barnanmedia.com · Wed Sep 09 04:12:16 GMT 2026

एक वर्ष अघि जेन–जी आन्दोलनके अगुवाइ गरेका बालेन्द्र साह त्यही आन्दोलनको बलमा प्रधानमन्त्री भए । उक्त आन्दोलनको स्मरण गर्न गोली चलाइएको तत्कालीन संसद् भवन वीरेन्द्र अन्तर्राष्ट्रिय भवन परिसरमा ठीक एक वर्षपछि मंगलबार जेन–जी घाइते र सहिद परिवार भेला भए । उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको खोजी गरे । एक वर्षअघि उठाइएका सुशासनका आवाज सम्झिए, घाइते र सहिदप्रति भएको न्याय–अन्यायको लेखाजोखा गरे ।
आन्दोलनको बलमा निर्वाचित संसद र सरकार अपदस्थ भएर गत फागुन २१ मा निर्वाचन भएर आन्दोलनकारी शक्तिकै सरकार बनेको पनि छ महिना भैसकेको छ । उक्त आन्दोलनमा सहभागी भएकै कारण कतिपय युवा अझै जेलमै रहेको, घाइते र सहिद परिवारसँग गरिएको सम्झौता अनुरूप सरकारले काम नगरेको भेलामा सहभागी अधिकांशको गुनासो थियो । जेन–जी सहिद श्रेयम चौंलागाईंका बुबा गणेशले मञ्चबाटै सोधे, ‘के सहिद र सहिद परिवारप्रतिको जिम्मेवारी हामीले पूरा गरेका छौं त ? यो प्रश्न राज्यलाई मात्र होइन, हामी सबैलाई पनि हो ।’ अरू वक्ताले पनि उस्तै गुनासोका शृंखला प्रस्तुत गरिरहे । गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम उपस्थित कार्यक्रममा जेन–जी प्रतिनिधिहरूले प्रधानमन्त्री शाह उपस्थित नभएकामा गुनासो गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)