सरकारी संरचनाको भग्नावशेष उस्तै, काम–सेवा अन्तैबाट [फोटोफिचर]
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

पोखरा । गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा क्षतिग्रस्त पोखराका सरकारी भवन, सरकारी आवास अझै पुनःर्निर्माण हुन सकेका छैनन् । भौतिक हिसाबले सिंहदरबार, संघीय कार्यालय रहेको उपत्यकापछि सबैभन्दा बढी क्षतिग्रस्त सहर बनेका पोखराका धेरै भवन अझै भग्नावशेष नै छन् ।
गण्डकी प्रदेश सभा भवन, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मन्त्रालयहरू, प्रदेश प्रमुखको कार्यालय र आवास, मन्त्री आवास, पोखरा महानगरपालिकाको भवन र वडा कार्यालयका भवन, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, शिक्षा कार्यालयसहित कास्कीस्थित दर्जनौँ संघीय सरकारका कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)