मस्कको एक्सएआई विरुद्धको मुद्दा रोक्न खोज्दैछ ट्रम्प प्रशासन
ratopati.com · Wed Jun 17 05:25:12 GMT 2026

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले खर्बपति व्यापारी एलन मस्कको कृत्रिम बौद्धिकता कम्पनी एक्सएआई विरुद्ध वातावरणीय मुद्दा दायर हुनबाट रोक्न खोजिरहेको छ । सम्बन्धित विद्युत् परियोजना रोक्ने प्रयासले राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने दाबी ट्रम्प प्रशासनले गरेको छ ।
यस हप्ता दायर गरिएको अदालतको निवेदनमा अमेरिकी न्याय मन्त्रालयले टेनेसी राज्यको मेम्फिसमा बन्न लागेको २० अर्ब डलरको कोलोसस–२ डाटा सेन्टरलाई विद्युत् आपूर्ति गर्न बनाइएका दर्जनौँ प्राकृतिक ग्यास टर्बाइन अवैध रूपमा सञ्चालन गरिएको भन्ने आरोपसम्बन्धी मुद्दा खारेज गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)