संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाः बहुपक्षीयतामा विश्वास पुनर्निर्माणको प्रतिबद्धता
gorkhapatraonline.com · Wed Sep 09 05:07:34 GMT 2026

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ । संयुक्त राष्ट्रसंघीय महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा अधिवेशनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष रहमानले संयुक्त राष्ट्रसंघका लागि आफूले महत्त्वपूर्ण र चुनौतीपूर्ण समयमा जिम्मेवारी सम्हालेको बताउनुभयो । संयुक्त राष्ट्रसंघ आफ्नो स्थापनाको नवौँ दशकमा प्रवेश गरिरहँदा विगतका उपलब्धिहरू महत्त्वपूर्ण भए पनि विश्वले गम्भीर चुनौतीहरूको सामना गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)